सन्दीप बने नयाँ कप्तान, मल्लसहित ४ खेलाडी कारबाहीमा

२ बर्ष अगाडि

काठमाडौं - नेपाल क्रिकेट संघ ९क्यान० ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित ४ खेलाडीलाई कारबाही गरेको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीलाई पदमुक्त गरेको हो भने उनीहरुसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको हो ।

उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा कारबाही गरिएको क्यानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै क्यानले नयाँ कप्तानमा सन्दीप लामिछानेलाई चयन गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया