जोशी हाइड्रोपावर डेभलपमेण्टले बोलायो साधारण सभा, लाभांश कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले पाँचौ, छैठौं र सातौं वार्षिक साधारण सभा एकैपटक गर्न लागेको हो ।

कम्पनीको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ३ गते ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडौंमा बिहान साढे ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७५।०७६, २०७६/०७७ र २०७७/०७८ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै तीनै आवको वार्षिक हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्नेछ ।

आव २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारीश्रमिक निर्धारण गर्ने र संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीतर्फबाट २ जना संचालक नियुक्त।निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया