नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित

२ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि सुरु भएको चुनावी प्रक्रिया स्थगित भएको छ ।

माओवादीले आज बेलुका आठ बजेदेखि राति साढे १० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गराउने समय तोकेर चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो । तर सकभर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै भोलि दिउँसो साढे एक बजेसम्मको लागि चुनावी कार्यक्रम स्थगित गरिएको नेता रामनारायण विडारीले जानकारी दिए ।

१५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्यको लागि माओवादीको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार भोलि बिहान साढे ११ बजेदेखि मतदानको कार्यक्रम तय भएको थियो ।

तर सहमतिमै नेतृत्व टुङ्ग्याउने भन्दै चुनावी कार्यक्रम आजको लागि स्थगित गरिएको नेता विडारीले जानकारी दिए ।

२ बर्ष अगाडि

प्रतिक्रिया