माओवादी केन्द्रको महाधिवेशन खर्च ५० लाखको हाराहारी

२ बर्ष अगाडि

काठमाडौं - नेकपा माओवादी केन्द्रको काठमाडौंमा पुस ११ गतेदेखि जारी आठौं राष्ट्रिय महाधिवेशनमा लागत एक करोड रुपियाँको हाराहारीमा रहने पूर्वानुमान गरिए पनि सो हाराहारीमा रकम खर्च नहुने भएको छ ।

महाधिवेशनमा सहभागी भएका १७ सय ४२ प्रतिनिधिहरुले बिहान र बेलुकाको खाना र बसोबासको व्यवस्था सम्बन्धित जिल्ला र प्रदेशबाट नै व्यवस्थापन हुने हुँदा पनि यो रकम नबढ्ने व्यवस्थापनका जिम्मा पाएका एक नेताले बताए । 

कमलादीस्थितको प्रज्ञा भवनको हल आज आइतबारसम्म बुकिङ गरिएको छ । महाधिवेशनका लागि एक, दुई दिन थप समय लागेता पनि कार्यक्रमस्थल खर्च र खाजा खर्च मात्रै बढेको बताइएको छ । 

ती नेताले भने, 'महाधिवेशन प्रतिनिधिका लागि ३५० का दरले खाजा खर्च करिब १५ लाख हाराहारीमा लाग्छ । एक करोड खर्च लाग्दैन किनकि, हामीले महाधिवेशनलाई बैचारिक बहसमा केन्द्रित गर्यौं । अन्य दलहरुको जस्तो होइन, अनावश्यक तडकभडक गरेनौं ।' 

माओवादी केन्द्रको महाधिवेशनमा पूर्वानुमानित एक करोड खर्च नहुने उनको भनाइ छ ।  महाधिवेशन खर्च ५० लाखको हाराहारीबाट केही बढ्ने उनको भनाइ छ । पार्टीको महाधिवेशनको आजको बन्दसत्र हलले विधान पारित गरेसँगै सर्वसम्मतबाट नेतृत्व चयन हुनुपर्नेमा माओवादी केन्द्रले जोड गरिरहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया