चिलिमे जलविद्युतको साधरण सभा हुने स्थान परिवर्तन, लाभांश कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले २५ औं वार्षिक साधारण सभा हुने स्थान परिवर्तन गरेको छ ।

कम्पनीले सभा पुस २३ गते कम्पनीको रजिष्टार्ड कार्यालय महाराजगन्ज काठमाडौंमा हुने भनेकोमा सो स्थान परिवर्तन गरी स्काई जोन रेस्ट्रो एण्ड बैंक्वेट्स धुम्वाराही काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशतत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजन र लाभांश पारितका लागि कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया