टेस्लाले कार विक्रीमा कायम गर्‍यो रेकर्ड

२ बर्ष अगाडि

काठमाडौं, इलेक्ट्रिक कम्पनी टेस्लाले कार विक्रीमा रकेर्ड कायम गरेको छ । सन् २०२१ को अन्तिम त्रैमासमा सबैभन्दा बढी कार ब्रिकी गरेको छ । टेस्लाले ९ लाख ३६ हजार १७२ कार डेलिभरी गरेको छ ।

कम्पनीले ३ लाख ८ हजार ६०० इकाइहरु डेलिभरी भएको आइतबार बताएको छ । जसको कारण मुख्य रुपमा मोडल वाई हयाचब्याक्स र मोडल ३ सेडान्सको वृद्धि हो । महँगो मोडल एस र मोडल एक्स प्रत्येकको एक लाख डलरमा बिक्री भएको थियो । फ्रिमोन्ट, क्यालिफोर्निया र शांघाइमा टेस्लाको कुल उत्पादन त्रैमासमा तीन लाख पाँच हजार ८४० इकाइहरू र वार्षिक ९ लाख ३० हजार ४२२ रहेको थियो ।

चीनमा सो कार ठुलो मात्रामा बिक्री भएको छ । शांघाइमा निर्माण हुने टेस्लाको दुइ मोडलको मूल्य एक महिनामा दुइ पटकले बढेको छ । पछिल्लो शुक्रबार टेस्लाले एन्ट्री मोडल ३ को मूल्य करिब ४ प्रतिशतले वृद्धि गराएर २.६५ लाख युआन पुर्याएको छ । सो रकम सब्सिडि पछिको हो । टेस्लाको मोडल वाई एसयूवीको भाउ ७.५ प्रतिशतले बढेर ३.०१ लाख युआन  भन्दा माथि पुगेको छ  ।

साउथ चाइना मर्निंग पोष्टका अनुसार चीन सरकारले तीन लाख युआन भन्दा कम मूल्यका कारहरूमा मात्र सब्सिडि दिने गरेको छ । यसकारण अब टेस्लाको मोडल वाई सरकारी सबसिडिभन्दा बाहर गएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया