फिल्म 'प्रेमगीत ३' को प्रदर्शन स्थगित

२ बर्ष अगाडि

काठमाडौं- फिल्म 'प्रेमगीत ३' को प्रदर्शन स्थगित भएको छ । फागुन १३ मा प्रदर्शनमा आउने भनिएको फिल्मको प्रदर्शन अनिश्चितकालका लागि सरेको हो । 

निर्देशक एवं निर्माता सन्तोष सेनले फेसबुकमार्फत कोभिड महामारीकै कारण लक्षित समयमा फिल्म प्रदर्शन गर्न नसकिएको जानकारी गराएका हुन् । 

‘हामीले नेपाललगायत मुम्बईका दिग्गज टिमहरूबाट 'प्रेमगीत ३' को पोस्ट प्रोडक्सनको काम सम्पन्न गरेका छौँ । फिल्मको प्रदर्शन मिति फागुन १३ लाई लक्षित गरेर विभिन्न प्रचार सामग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं । यसैक्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै फिल्म घरहरु बन्द हुने क्रम बढेको छ,’ सन्तोषले लेखेका छन्, ‘त्यसैले नेपाल, भारत र विश्वभरि अलग-अलग मितिमा प्रदर्शन नगरी एकैसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले नआत्तिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै त्यो गहकिलो प्रस्तावलाई स्वीकार गर्दै अनिश्चित कालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’
 
यो फिल्ममा प्रदीप खड्का, क्रिष्टपन गुरुङ, मनिष राउत, अनुभव रेग्मीलगायतको अभिनय छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया