मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय वा लिखित निर्देशन पत्र सार्वजनिक गर्न चुनौती दिन्छु : योगेश भट्टराई

२ बर्ष अगाडि

काठमाडौं - अहिले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट बनाउन लागिएको विषय विवादमा परेको छ । रोपनीको ५० हजार रुपैयाँमात्रै भाडा तिर्नेगरी एक व्यवसायिक घरानालाई सरकारले जिम्मा दिएको विषय बाहिर आएपछि विवादमा परेको हो । तत्कालीन पर्यटनमन्त्री योगेश कुमार भट्टराईसमेतको संलग्नतामा पर्यटन मन्त्रालयले निर्णय गरेको समाचार बाहिर आएको छ ।

यस प्रकरणमा भट्टराईले गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले यो प्रकरणमा निर्णय गर्न आफ्नो कुनै भूमिका नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'नारायणहिटी दरबार संग्राहालयका बारेमा सार्वजनिक भएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यस सम्बन्धि कुनै पनि निर्णयमा मेरो संलग्नता नरहेको स्पस्ट गर्दछु साथै त्यस बारेका कुनै पनि निर्णय मेरो जानकारीमा समेत नरहेको सबिनय अनुरोध गर्दछु । आफ्नो संलग्नता नरहेको कुनै पनि कामप्रति मेरो जवफदेहीता नरहने स्वतस् स्पस्ट छ । बिना कसुर कसैको सार्वजनिक छबीमा आँच आउने समाचार र टिप्पणी नगर्न सम्बन्धित सबैमा अनुरोध गर्दछु ।'

बरु आफू मन्त्री हुनुअघि नै  कफी हाउस बनिसकेको बताएका छन्न् । ‘मेरो संलग्नता रहेको भए सत्य तथ्य र मेरो हस्ताक्षर सहितको निर्णय कपी वा मेरो लिखित निर्देशन पत्र सार्वजनिक गर्न म चुनौती दिन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्मरण रहोस् म मन्त्री हुनु पूर्व नै त्यहाँ कफी हाउस बनिसकेको थियो ।’ 
 

२ बर्ष अगाडि

प्रतिक्रिया