नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली

पुस २५, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार समालेका हुन्  ।

पराजुलीले आफ्ना विगतका अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई हरेक क्षेत्रमा अब्बल सावित गर्न लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।

नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुन पाउनु गर्वको विषय रहेको बताउँदै, यसलाई अवसर र त्यो भन्दा बढी चुनौतीको रुपमा लिएको बताए । अब मैले नेपाल लाइफको नम्बर १ कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको छ, नवनियुक्त सिनियर डिसिओ पराजुलीले बताए ।पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८