इन्द्र नारायण चोङबाङ्ग भए यामाहा ‘रेस फर द एस’का बिजेता

पुस २५, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौँ, यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राईजेजले दसैँलाई लक्षित गरी सुरु गरेको दसैं स्कीम “रेस फर द एस” को बिजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् । 

भाद्र १५बाट सुरु गरिएको यस दसैँ स्कीम मंसिर १४ सम्म भएको थियो । ९ हप्तासम्म चलेको यस स्कीमको अवधीभरि यामाहाको जुनै बाइकको खरिदामा पनि ग्राहकलाई ८ हजार देखि १ लाख सम्मको तत्काल छुट दिइएको थियो । 

त्यसैगरी, स्कीम अवधीभरि बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर बिजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एस कार्ड बिजेताहरूलाई ४ तोला सुन र बम्पर बिजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो । 

नेपालभरिबाट लक्की ड्रमार्फत बिजेताहरू छनौट गरिएको यस “रेस फर द एस” स्कीमका बम्पर बिजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए । 

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्कीमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राईजका लागि कार्यकारी अधिकृत राजु क्षेत्रीले भनेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८