२७ सय ४८ करोड भन्दा बढी सम्पत्ति भएका बलिउड सुपरस्टार ऋतिक रोशनको वार्षिक आम्दानी कति ?

२ बर्ष अगाडि

काठमाडौं, सन् २००० मा फिल्म ‘कहो ना प्यार हे’ बाट बलिउडमा धमाकेदार इन्ट्री गरेका बलिउड सुपरस्टार ऋतिक रोशन ४८ वर्षका भएका छन् । उनी अहिलेका सबैभन्दा महंगा नायक मध्येमा गनिन्छन् । 
 
ऋतिक सबैभन्दा पहिला शेखर कपूरको फिल्म ‘रम पम पम’ बाट डेब्यू गर्ने तयारीमा थिए । तर, पछि यो फिल्म पोस्टपोन्ड भयो । यसैक्रममा पिता राकेश रोशनले फिल्म ‘कहो ना प्यार हे’ सुरु गरे र ऋतिकलाई नायकको रुपमा डेब्यू गराए । पहिला राकेश यो फिल्म शाहरुख खानलाई लिएर बनाउन चाहन्थे । तर, उनलाई स्क्रिप्ट मन नपरेपछि राकेश रोशनले आफ्नै छोरालाई हिरो बनाए । 
 
‘कहो ना प्यार हे’ ब्लकबस्टर भएपछि ऋतिकलाई ३० हजारभन्दा बढी युवतीले विवाहको प्रपोज गरेका थिए । यो कुरा उनी स्वयंले बताएका थिए । २००२ मा ऋतिकले सुजेन खानसँग विवाह गरेका थिए । तर, वैवाहिक जीवनमा बाँधिएको १३ वर्षपछि उनीहरु एकअर्काबाट अलग भए । उनीहरुका दुई सन्तान छन् । डिभोर्सपछि पनि उनीहरु सन्तानका कारण एकअर्कासँग नजिक छन् । 
 
ऋतिक र सुजेनको वैवाहिक जीवन टुट्नुमा अभिनेत्री कंगना रनावटको हात मानिन्छ । सुजेनसँग डिभोर्स हुनुभन्दा अगावै ऋतिक कंगनाको प्रेममा थिए । उनी बलिउडका धनी नायक पनि हुन् । उनको कूल सम्पत्ति २ हजार ७ सय ४८ करोडभन्दा बढी छ । उनको वार्षिक आम्दानी २ सय ६० करोड हुने गर्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया