‘पुष्पा’को सिक्वेल लागि रश्मिकाले बढाई ५० प्रतिशत पारिश्रमिक,कति बुझेकी थिइन पहिले ?

२ बर्ष अगाडि

काठमाडौं- साउथ चलचित्र ‘पुष्पा’ बक्स अफिसमा ब्लकबस्टर भएसँगै अभिनेत्री रश्मिका मन्दनाले पनि पारिश्रमिक बढाएकी छन् । यो चलचित्रको निर्माणपक्ष केही महिनापछि सिक्वेलको छायांकन शुरु गर्ने तयारीमा छ । ‘पुष्पा’को सिक्वेलमा पनि अल्लु अर्जुन र रश्मिकाकै मुख्य भूमिका रहनेछ ।

यो चलचित्रका लागि रश्मिकाले ५० प्रतिशत बढी पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ‘पुष्पा’मा उनले २ करोड भारु पारिश्रमिक लिएकी थिइन् । तर, अब उनले ‘पुष्पा’को सिक्वेलका लागि ३ करोड पारिश्रमिक मागेको समाचारमा जनाइएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया