नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित

२ बर्ष अगाडि

ताप्लेजुङ - नेकपा एमाले ताप्लेजुङको अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । ३ सय २९ मत प्राप्त गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि परेका हुन् । 

साम्सोहाङले २ सय ७३ मत प्राप्त गरेका छन् । थेबे र साम्सोहाङ प्यानलै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । उपाध्यक्षमा थेबे समूहका सन्तोष खतिवडा निर्वाचित भएका छन् । उनले ३ सय ३१ मत प्राप्त गरेका छन् । सचिवमा साम्सोहाङ समूहका केशरकुमार मेन्याङ्बो २ सय ९६ मत सहित निर्वाचित भएका छन् ।  

उपसचिवमा दुवै समूहका एकरएक जना निर्वाचित भएका छन् । दाजु र भाइ मणिशंकर र दिपेन्द्र पोमु निर्वाचित भएका हुन् । थेबे समूहका दिपेन्द्रले ३ सय ८३ र साम्सोहाङ समूहका मणिशंकरले २ सय ७७ मत प्राप्त गरे । 

जिल्ला कमिटी सदस्यमा अधिकांश थेबे समूहका निर्वाचित भएका छन् । २३ गते उद्घाटन भएको ११ औं जिल्ला अधिवेशनमा २६ गते बिहानदेखि मतदान भएको थियो । ६ सय ७१ प्रतिनिधिमध्ये ६ सय ३८ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया