बढ्दो कोरोना संक्रमणदर : विभिन्न ५ कम्पनीको साधारण सभा अनलाइन माध्यमबाट हुने, कुनको कहिले ?

२ बर्ष अगाडि

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । उक्त कोरोना भाइरसको अबस्थालाइ मध्यनजर गर्दै विभिन्न पाँच कम्पनीले आफ्ना वार्षिक साधारण सभा अनलाइन माध्यमबाट हुने भएको छ । 

आरएमडिसी लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, चन्द्रागिरी हिल्स लिमिटेड, गुडवील फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्टका शेयरधनीहरुलाई भर्चुअल माध्यमबाट सहभागि हुन अनुरोध गरेका छन् ।

जिल्ला प्रसाशन कार्यालय काठमाडौंबाट २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै मेला भेला तथा महोत्सवहरु नगर्ने भनि दिएको आदेशलाई कार्यन्वयन गर्दै अनलाइन मार्फत गर्ने निर्णय गरेका छन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा पुस ३० गते अमृतभोग कालिकास्थानमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा पुस ३० गते लैनचौर ब्यांक्वेट लैनचनैरमा बिहान ११ बजे भर्चुहल माध्यमबाट गर्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । 

चन्द्रागिरी हिल्स लिमिटेडले पनि १२औं वार्षिक साधारण सभा पुस २९ गते कम्पनीको कार्यालय थानकोट टप स्टेशन परिसरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने भएको छ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै गुडवील फाइनान्सले पनि वार्षिक साधारण सभा पुस २९ गते होटल क्राउन इम्पेरियल रविभवन काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट गर्ने भएको  हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ दशमलव १ प्रतिशत बोनस शेयर र ३ दशमलव ९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले पनि आफ्नो नवौं वार्षिक साधारण सभा पुस २९ गते आम्रपालि ब्याक्वेट थिरबम सडकमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट गर्ने भएको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया