एकैदिनमा ३ हजार ७५ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमित साढे ११ हजार माथि

२ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ३६ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा २७८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ७६ जना निको हुँदा कुल ११ हजार ६०९ जनाको मृत्यु भएको छ। हाल देशभर ११ हजार ६९० जना सक्रिय संक्रमित रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया