बलिउड सुपरस्टार अनिल र रणविर कपुर संग स्क्रिन शेयर गर्दै विपिन कार्की

२ बर्ष अगाडि

काठमाडौं-नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । 'एनिमल' टाइटलमा बन्न लागेको फिल्ममा कार्कीले बलिउड सुपरस्टार अनिल कपुरसँग स्क्रिन शेयर गर्ने बताइएको छ ।
 
यो फिल्ममा अनिलसँगै रणविर कपुरको पनि प्रमूख भुमिका रहनेछ । विपिनलाई उनको फिल्म ‘सेल्फी किङ्ग’को अभिनय हेरेर 'एनिमल'मा अफर गरिएको बताइएको छ ।
 
यसको सुत्रधार  ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटा हुन् । विशालले 'एनिमल'का निर्देशक सन्दीप रेड्डी भांगाको तेलुगु फिल्म 'अर्जुन रेड्डी'को नेपाली रिमेक बनाउने तयारीमा छन् । 
 
 

२ बर्ष अगाडि

प्रतिक्रिया