वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा र निर्वाचन अनिश्चितकालका लागि स्थगित

२ बर्ष अगाडि

काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभा र कार्यसमिति निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । 

मुलुकभर कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण बढेपछि संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिई साधारणसभा र निर्वाचनको कार्यक्रम अनिश्चितकालीनरूपमा स्थगन गरेकोे बताएको छ । 

संघले नयाँ कार्यसमितिको निर्वाचनका लागि गठन गरेको निर्वाचन समिति पनि विघटन गरेको बताएको छ । निर्वाचन समिति विघटनसँगै कार्यसमिति निर्वाचनका लागि बुधबारसम्म भएका सबै प्रक्रिया शुन्य भएका छन् । 

राजनीतिक दल निकट वैदेशिक रोजगार व्यवसायीका पाँच संस्थाबीच संघको आगामी निर्वाचन निर्विरोध नेतृत्व चयन गर्ने सहमति भएको थियोे । तर उम्मेद्वारी दर्ता गर्दा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल गणतन्त्रान्त्रिक वैदेशिक रोजगार व्यवसायी निकट व्यवसायीबाट सहमतिभन्दा फरक तरिकाले उम्मेद्वारी दर्ता हुँदा सहमतिको प्रयास जुटेको थिएन । 

२ बर्ष अगाडि

प्रतिक्रिया