दिन प्रतिदिन बढ्दै संक्रमितको संख्या, सक्रिय संक्रमितको संख्या १४ हजार नाघ्यो

२ बर्ष अगाडि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ८१ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा २७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७  र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २५५ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको हुँदा कुल ११ हजार ६१० जनाको मृत्यु भएको छ। हाल देशभर १४ हजार ३४० जना सक्रिय संक्रमित रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया