विदेश जाने सेवाग्राहीलाई स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिनुपर्ने

२ बर्ष अगाडि

काठमाडौं-अब विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले ७ दिन अगावै आवेदन दिनुपर्ने भएको छ ।

यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन आग्रह गरेको छ ।

विदेश जाने सेवाग्राहीले अब स्मार्टलाइसेन्सको आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने भएको छन ।

बिहिबार एक सूचना जारी गर्दै यातायात विभागले भनेको छ ‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ दिन पछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

२ बर्ष अगाडि

प्रतिक्रिया