आज एकैदिन २२ कम्पनीको साधारण सभा, कुनको लाभां कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज विभिन्न २२ कम्पनीहरुको वार्षिक साधारण सभा हुँदैछ । कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिना भित्र नै साधारण सभा गरि सक्नु पर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले आज पुस मसान्तको दिन साधारण सभा बोलाएका हुन् । ६ वटा बैंक, ५ वटा लघुवित्त, ५ वटा वित्त कम्पनी, ५ वटा हाइड्रोपावर र एउटा बीमा कम्पनीको गरी कुल २२ कम्पनीको साधारण सभा आज बस्दैछ ।

कालिका लघुवित्त 
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ औं वार्षिक साधारण सभा आज गतेका बिहान ९ बजे होटल टास्क इन्टरनेशनल प्रा।लि को सभाहल पोखरा महानगरपालिका १० बुद्धचोक कास्कीमा बस्दैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत हुन आउने ३ करोड ५९ लाख ९४ हजार ५१६ रुपैयाँ बराबरको ३ लाख ५९ हजार ९४५ कित्ता बोनश जारी गर्न प्रस्ताव गरेको छ ।

जनउत्थान सामुदायिक लघुवित्त
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आजे न्यू ईरा बुटवल उप महानगरपालिका ९ कालिकापथमा बिहान ११ बजे बस्दैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फरवार्ड माईक्रोफाइनान्स लघुवित्त
फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्था
आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा आज अमृतभोग कालिकास्थानमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

आँधीखोला लघुवित्त
आँधीखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा आज बिहान ११ः३० बजे होटल गाँयबेशीको सभाहल वालिङ स्याङ्जामा बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

नबिल बैंक
नबिल बैंक लिमिटेडले ३७औं वार्षिक साधारण सभा आज बिहान ९ः३० बजे बैंकको केन्द्रिय कार्यालय परिसर नबिल सेन्टर दरबारमार्ग काठमाडौंमा सुरु गर्ने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रत्येक १०० शेयर बराबर ३३.६० शेयर वा प्रत्येक शेयरको ३३.६० प्रतिशतको अनुपातमा बोनस शेयर र ४।४० ९४।४० प्रतिशतका दरले० नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्नेछ ।

सिद्धार्थ बैंक
सिद्धार्थ बैंक लिमिटेडले आज ११ बजे सिल्भर ओक बैंङक्वेट गैह्रिधारामा भौतिक रुपमा आव्हान गरेको २० औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट सभा गर्ने भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्र्रस्ताव पारित गर्नेछ । 

हिमालयन बैंक
हिमालयन बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजे कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१ दशमलव ३८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ४ दशमलव ६२ प्रतिशत नगद लाभांश गरी २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंकको ११ औं वार्षिक साधारण सभा आज बिहान ११ बजे आम्रपाली ब्याकेंट बालुवाटार काठमाडौमा भर्चुअल माध्यमबाट बस्दैछ ।उ
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश गरि कुल ५ दशमलव २६ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव गरेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले चौधौं वार्षिक साधारण सभा आज होटल भिश्वा, विरगञ्ज, पर्सामा बेलुका ५ः४५ मा बस्दैछ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंक लिमिटेडलको एघारौं वार्षिक साधारण सभा आज आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्दैछ । सभाले गत आवको मुनफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७।७५ प्रतिशत बोनस शेयर र शुन्य दलशमल ३० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.५ ५ लाभांश पारित गर्नेछ ।

रिलायन्स फाइनान्स लिमिटेड
रिलायन्स फाइनान्स लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा आज बिहान ११ बजे संस्थाको मुख्य कार्यालय प्रर्दशनीमार्ग काठमाडौंमा भर्चुअल माध्यमबाट बस्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

पोखरा फाइनान्स
पोखरा फाइनान्सको वार्षिक साधारण सभा कम्पनीले आज बिहान ९ बजे दरबारथोक ब्याक्वेंट बास्तोलाथर पोखरा ९ कास्कीमा भर्चुअल माध्यमबाट सभा बस्दैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ दशमलव ०७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

मल्टीपर्पस फाइनान्स
मल्टीपर्पस फाइनान्सको वार्षिक साधारण सभा आज दिउँसो १ बजे सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रिय कार्यालयमा बस्दैछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय, कानदेवस्थान, कुपण्डोल ललितपुरमा बिहान ११ बजे भर्चुअलमाध्यमबाट बस्दैछ । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ७.७ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

समृद्धि फाइनान्स
समृद्धि फाइनान्स लिमिटेडले २०औं वार्षिक साधराण सभा आजे होटेल एभोकाडो ‘अर्किड रिर्सोट’ हेटौंटा मकवानपुरमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्दैछ । सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन । सोही सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र संस्थापक समूहतर्फबाट र सर्वसाधारण समूहतर्फबाट गरी कुल ६ जना संचालक चयन गर्ने प्रस्तावलाई पारित गर्नेछ । 

मैलुङ खोला जलविद्युत कम्पनी
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आठौं वार्षिक साधारण सभा आज लैनचौर ब्यांक्वेट लैनचनैरमा बिहान ११ बजे भर्चुचुल माध्यमबाट बस्दैछ । साधारण सभा प्रयोजनका लागि पुस २१ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा पुस २० गतेसम्म कायश शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

खानी खोला हाइड्रोपावर
खानी खोला हाइड्रोपावर कम्नीको ३ आर्थिक वर्षको वार्षिक साधारण सभा आज कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्दैछ । कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गरेको हुदाँ पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

छ्याङ्दी हाइड्रोपावर
छ्याङ्दि हाइड्रोपावरले आठौं वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय गैह्रीधारा काठमाडौंमा बिहान ११ बजे बस्दैछ। सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले ३० प्रतिशत हकप्रद जारीपश्चात् कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने र सोअनुरुप हुने गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्नेछ ।

हिमालयन पावर पार्टनर
हिमालयन पावर पार्टनरले नवौं वार्षिक साधारण सभा आज लैनचौर ब्याङ्क्वेट, लैनचौर काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट बस्दैछ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण प्रस्ताव गरेको छैन । सोही सभाले गत आवको वार्षिक प्रतिवेन उपर छलफल गरी पारित गर्ने, संस्थापक समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीसमूहबाट २ जना गरी ६ जना संचालक निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कालिका पावर कम्पनी
कालिका पावरको वार्षिक साधारण सभा आज बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर १० चितवनामा बस्दैछ। उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ० दशमलव ७८ प्रतिशत कर प्रयोजनाका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सानिमा जनरल इनस्योरेन्स
सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चाथौं वार्षिक साधारण सभा आज स्मार्ट क्याफे एण्ड बैंक्वेट, धुम्बाराही चोक, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्दैछ । कम्पनीको उक्त सभाले गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको नाफा नोक्सान, हिसाब वासलात माथि छलफल गरि पारित गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया