जापानको एक कम्पनीले माग्यो कामदार, मासिक तलब एक लाख ५२ हजार माथि

२ बर्ष अगाडि

काठमाडौं - जापानको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । गुन शिगा शहरमा रहेको boxcy co ltd कम्पनीले कुकका लागि ५ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ५ दिन र दैनिक ७ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले बस्नसहित तलब एक लाख ५२ हजार माथि पाउनेछ । खानेको सुविधा कामदार आफैले गर्नुपर्ने छ । इच्छुक कामदारले क्यापिटल इन्टरनेशनल मेनपावर प्रालिको कार्यालय बसुन्धारा काठमाडौंमा माघ ७ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । साथै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया