शून्य लागतमा जोर्डनले माग्यो ५० नेपाली महिला कामदार, मासिक तलब कति ?

२ बर्ष अगाडि

काठमाडौं - जोर्डनको एक कम्पनीले शून्य लागतमा नेपाली कामदारको माग गरेको छ । जोर्डन शहरमा रहेको sahar hinda wi est कम्पनीले कुकका लागि ५० जना नेपाली महिला कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ३५ हजार माथि पाउनेछ । इच्छुक कामदारले इर्थ भिजन मेनपावर सर्भिस प्रालिको कार्यालय गौशला काठमाडौंमा माघ ७ र ९ गते अन्तरवार्ता दिनु पर्ने छ । साथै इच्छुक कामदारले घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिनु पर्ने छ । खान बस्नेतसहित तालिम निशुल्क हुने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया