आज फेरी उकालो लाग्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । हिजो ५०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

हिजो विहिबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया