नेप्सेमा नेपाल बङ्गलादेश बैंकको शेयर कारोबार रोक्का

२ बर्ष अगाडि

काठमाडौं, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर कारोबार रोक्का गरिएको छ । हिजो (बिहीबार) नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ ।

त्यसैले, बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ को विनियम ६(१) बमोजिम नेपाल बङ्गलादेश बैंक लिमिटेडको शेयर कारोबार आज ( शुक्रबार) बाट रोक्का राखिएको नेप्सेले जनाएको छ ।

61e128eb59b4e.jpg

२ बर्ष अगाडि

प्रतिक्रिया