‘बतास अर्गनाइजेसन माथिको प्रहारले निजी क्षेत्रको मनोबल गिराउने प्रयास भयो’

पुस ३०, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसन माथि निरन्तर प्रहार गरेर सरकारले निजी क्षेत्रको मनोबल गिराउने काम गरेको बताएको छ ।

नारायणहिटी संग्रहालयमा क्याप्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति सरकारलाई नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण गराएको हो । ।

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागी भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्टेरिया संचालनको अनुमति पाएको एफएनसीसीआईको बिज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ ‘सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ’ । ।

संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापि न्याय संगत नभएको महासंघको भनाई छ ।

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने एफएनसीसीआईको तर्क छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८