२०५६० जनाको परीक्षणमा ५०८७ मा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १८ हजार नाघ्यो

२ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ५६० जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ३०६ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १०८ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको हुँदा कुल ११ हजार ६१३ जनाको मृत्यु भएको छ। हाल देशभर १८ हजार २३५ जना सक्रिय संक्रमित रहेका छन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया