पिपुल्स पावर आईपीओ निष्कासनको अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड, कित्ता कति ?

२ बर्ष अगाडि

काठमाडौं, पिपुल्स पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३० करोड ९९ लाख ७४ हजार रूपैयाँ बराबरको ३० लाख ९९ हजार ७ सय ४० कित्ता आईपीओ निष्कासन गर्न पौष २७ गते सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया