हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रिया टुट्यो, तीन वर्षसम्म लाभांश वितरणमा रोक्का

२ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच हुन लागेको मर्जर टुटेको छ । 

हिजो बसेको हिमालयन बैंक लिमिटेडको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौँमा भएको उनन्तीसौँ वार्षिक साधारण सभाले मर्जरको विशेष प्रस्ताव अस्विकृत गरेको छ । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरको प्रस्ताव अस्विकृत गरिएको हो । 

विवादपछि मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो । मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २३ हजार ४ सय १० आएको थियो । यसमा मर्जरको पक्षमा ४३।६३ प्रतिशत भोट र विपक्षमा ४२।२९ प्रतिशत भोट आएको थियो । मर्जर गर्ने भए ७५ प्रतिशत मत पक्षमा आउनु पर्दथ्यो । 

त्यसो नहुँदा मर्जर भाँडिएको छ । अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुईवटै बैंकलाई कारबाही गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यी दुई बैंकलाई तीन वर्षसम्म लाभांश वितरणमा रोक लगाउनेदेखि, साखा सञ्जाल विस्तार र राष्ट्र बैंकबाट पाउने अन्य सेवा सुविधाबाट समेत दुबै बैंकलाई बञ्चित गराउने सम्मको निर्णय हुन सक्ने बताइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया