सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त

२ बर्ष अगाडि

काठमाडौं - सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि नवनियुक्त सिइओ श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । श्रेष्ठ यस अघि सेञ्चुरी बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छ ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया