स्वास्थ्य मापदण्ड अपनाएर माघी मनाउन राष्ट्रपतिको आग्रह

२ बर्ष अगाडि

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गरेका छन् ।

माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना सन्देश जारी गर्दै उनले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् ।

राष्ट्रपति भण्डारीले  माघी पर्वले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न योगदान गरिरहेको उल्लेख गरेकी छन् ।


 

२ बर्ष अगाडि

प्रतिक्रिया