कोरोना रोकथामबारे एमालेद्वारा सरकारको ध्यानाकर्षण

२ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरसको बढ्दो संक्रमणबीच नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आफू नेतृत्वको सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि गरेका कामहरूलाई बुँदागत रुपमा स्मरण गराउँदै एमालेले सरकारका  कमजोरीलाई औँल्याउनुका साथै सुझाव पेस गरेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सकारको पालामा कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि स्टान्डर्ड गाइड लाइन तयार गर्नेदेखि ८२ वटा पीसीआर ल्याब स्थापना गरेको लगायत १६ वटा काम गरेको एमालेले सरकारलाई स्मरण गराएको छ । 

त्यस्तै, प्रधानमन्त्रीले खोप, खोप र खोप प्रतिबद्धतानुसार खोप लगाउन नसकेको, खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको, बुस्टर खोप उपलब्ध गराउन नसकेको, बीमितहरुको रकम उपलब्ध नभएको, टेस्टिङ र ट्रेसिङ कार्यमा वृद्धि नभएको, कूटनीतिक पहल अत्यन्तै कमजोर रहेकोजस्ता आरोप लगाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया