नेपाली बजारमा नेपालमा नै एसेम्बल गरिएको इलेक्ट्रिक बाइक, ५०० जनालाई रोजगारी र तालिम

२ बर्ष अगाडि

काठमाडौं - अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले भर्खरै आफ्नो इलेक्ट्रिक बाइक नेपाली बजारमा ल्याएको छ । जैष्णवी समूहले अन्य बाइकको तुलनामा धेरै अनौठो विशेषता र ऊर्जाको धेरै कम खपत गर्ने चिनियाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँग साझेदारी गर्दै याक बाइक नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । 

यसले सवारीमा इन्धनको प्रयोग कटौती गरी नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्य राखेको छ । कम्पनीले “स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ इलेक्ट्रिक बाइक याक बाइकहरू सार्वजनिक गरेको छ । कम आय भएका र बेरोजगार व्यक्तिहरूलाई केन्द्रित गरी ५०० जनासम्मको रोजगारी सिर्जना र तालिम समेत दिने कम्पनीले घोषणा गरेको छ ।

सरकार र आमजनताको याक बाइक जस्तै विद्युतीय सवारीहरूले किफायती र दिगोपन प्रदान गर्ने वैकल्पिक समाधान खोजिरहेका छन् । इको–फ्रेन्डली ई–सावरी साधनहरूको प्रयोगले अहिले डिजिटल युगमा प्रवेश गरेको जनसङ्ख्याको समाधान प्रदान गर्दछ । विद्युतीय बाइक मुख्यतया नेपाल र यसको आर्थिक परिस्थितिको सन्दर्भमा अझ सहज विकल्प हुन सक्छ । 

हरेक वर्ष ठूलो मात्रामा आयात हुने हुँदा नेपालले भोगिरहेको आर्थिक दबाबले आयातित तेलमाथिको नेपालको निर्भरता घटाउन विद्युतीय सवारी साधनले प्रमुख भूमिका खेल्न सक्छस मुख्य रूपमा पेट्रोलियम उत्पादनहरू हो । पेट्रोलियमको आयात कटौती गर्ने उद्देश्यले हामीले यसलाई नेपालमा एसेम्बल गर्ने सोचका साथमा नेपाली माटो सुहाउदो विद्युतीय सवारी साधन ल्याएका छौं ।

विद्युतीय सवारी साधनमा अद्वितीय अवधारणा र कम्पनीको ईन्जिनियरिङ् प्रगतिको प्रशंसा गर्न लायक बाइक याक बाइकको मुख्य विशेषता भनेको यसको असाधारण डिजाइन र राइडको अनौठो स्टाइल नै हो । 

२ बर्ष अगाडि

प्रतिक्रिया