४९६१ जना संक्रमित थपिए, ३ जनाको मृत्यु र सक्रिय संक्रमितको संख्या साढे २५ हजार नाघ्यो

२ बर्ष अगाडि

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ४९६१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२५६२ पिसीआर परीक्षणबाट ४५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ।

यस्तै आइतबार ४३५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० सक्रिय संक्रमित छन्।

२ बर्ष अगाडि

प्रतिक्रिया