८ लाख २५ हजार मूल्य पर्ने बेनेलीले ल्यायो नयाँ मोटरसाइकल, यस्ता छन् फिचर

२ बर्ष अगाडि

काठमाडौं- नेपाली एड्भेन्चर बाइक सेग्मेन्टमा नयाँ मोटरसाइकल भित्रिएको छ । बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले हालै भित्र्याएको टीआरके मोटरसाइकलले अहिले एड्भेन्चर बाइक भित्र्याएको हो ।

यूरो ६ मापदण्डको यो मोटरसाइकलमा २४९ सीसीको सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्वयुक्त नयाँ जेनेरेसनको ईएफआई इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २५.५ एचपी र टर्क २१.१ एनएम रहेको छ । ६ स्पीड गियरबक्स दिइएको यो बाइकको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ । साथै वेट मल्टिप्लेट क्लच जडान गरिएको यो बाइकमा स्टिल ट्युव ट्रेलिस च्यासिस दिइएको छ ।

डुअल एबीएस सहितको फोर क्लिपर डिस्क ब्रेक जडान गरिएको टीआरके २५१ मा राइडरले आफू अनुकूल तल माथि गर्न मिल्ने इन्भर्टेड फ्रन्ट फोर्क्स सस्पेन्सन दिइएको छ ।

सेतो, कालो र रातो कलरमा उपलब्ध यो बाइकमा लामो यात्रा गर्न सहज हुने गरी १८ लिटर क्षमताको फ्यूल ट्यांक जडान गरिएको छ ।

 नेपाली बजारमा यो मोटरसाइकलको मुल्य मूल्य ८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया