पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना पुष्टि, भारतमा थपिए २ लाख ५७ हजार बढि

२ बर्ष अगाडि

काठमाडौं - पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधिमा विश्वभर झण्डै ४ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

हालसम्म विश्वभर कोरोनाबाट ५५ लाख ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । साथै विश्वमा ५ करोड ५६ लाखभन्दा बढी सक्रिय संक्रमित छन् । यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५७ हजार ६३ जना कोरोना संक्रमित थपिएका छन् ।

यही अवधिमा एक लाख ४२ हजार २४६ जना संक्रमणमुक्त भएका छन् भने ३८८ संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कुल संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार २७७ पुगेको छ । 

तीमध्ये ३ करोड ५२ लाख २७ हजार ९६७ निको भइसकेको छन् भने मृतकको संख्या ४ लाख ८६ हजार ४८२ जनाको मृत्यु भइसकेको छ । अहिले त्यहाँ सकृय संक्रमितको संख्या १६ लाख ६४ हजार ७७८ पुगेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया