एक वर्षमा ९५ लाख ४० हजार बढी चिनियाँ ब्रान्डका कार बिक्री

२ बर्ष अगाडि

काठमाडौं - सन् २०२१ मा चिनियाँ ब्राण्डका यात्रुवाहक सवारी साधनको बिक्री बढेको छ । उद्योग संघले जारी गरेको तथ्याङ्क अनुसार चिनियाँ ब्राण्डका सवारी साधन २३।१ प्रतिशतले बढेको हो । 

संघका अनुसार सन् २०२१ मा पहिलो पटक चिनियाँ सवारीसाधनको वार्षिक निर्यात दुई करोडभन्दा बढी पुगेको छ । यो हालैका वर्षहरूमा वार्षिक आँकडाभन्दा दोब्बर हो । ‘चाइना एसोसिएसन अफ अटोमोबाइल्स म्यानुफ्याक्चरर्स’का अनुसार गत वर्ष चिनियाँ ब्रान्डका ९५ लाख ४० हजारभन्दा बढी कार बिक्री भएका थिए । 

गत वर्ष ९सन् २०२१० मा चिनियाँ गाडीको बिक्री वर्षमा ६।५ प्रतिशतले बढेर दुई करोड १४ लाख ८० हजार पुगेको हो । यसमध्ये ३५ लाख २० हजार नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधन रहेका छन् । 

एक बर्ष पहिलेको तुलनामा नवीकरणीय ऊर्जाबाट चल्ने सवारीसाधनको बिक्री झन्डै १६० प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया