कोरोना कहरमा पनि विश्वका अर्बपतिहरुको कुल सम्पत्ति ५ हजार अर्ब डलर बढ्यो, दैनिक  १.३ अर्ब डलरको वृद्धि

२ बर्ष अगाडि

काठमाडौं, २०२० डिसेम्बर बाट सुरु भएको कोरोना भाइरसले विश्व अर्थतन्त्र व्यवस्था नै कमचोर भयो । विश्वका धनी राष्ट्रहरु पनि कोरोनाका कारण आर्थिक संकटको चपेटामा परे । लाखौँ मानिस आर्थिक संकटको सामना गर्नु पर्‍यो। 

तर, परोपकारी गैरनाफामूलक संस्थापक अक्सफामको प्रतिवेदनअनुसार कोरोनाकालमा विश्वका अर्बपतिहरुको कुल सम्पत्ति ५ हजार अर्ब डलरले बढेको छ। विश्व १० शीर्ष धनाढ्यको सम्पत्ति कोरोनाकालमा झन्डै दोब्बरले बढेको प्रतिवेदनमा उल्लेख छ। 

अक्सफामका अनुसार अर्बपतिहरुको कुल सम्पत्ति सन् २०२० मार्चमा ८.६ ट्रिलियन डलर थियो। जुन सन् २०२१ नोभेम्बरसम्म बढेर १३.८ ट्रिलियन डलर भएको छ। 

प्रतिवेदनअनुसार कोरोनाकालको यो अवधिमा विश्व शीर्ष १० धनाढ्यहरुको कुल सम्पत्ति दैनिकजसो १.३ अर्ब डलरको हिसाबले बढेको छ। यो अवधिमा उनीहरुको सम्पत्ति लगभग दोब्बरले बढेको छ। 

यी १० धनाढ्यको कुल सम्पत्तिको आकार विश्वका करिब ३.१ अर्ब गरिबको सम्पत्तिभन्दा ६ गुणाले ठूलो रहेको छ। 

अक्सफामले आफ्नो प्रतिवेदनमा सरकारहरुले यी शीर्ष धनाढ्यमाथि भारी कर लगाउनुपर्ने र उक्त करबापत प्राप्त रकम भ्याक्सिन र स्वास्थ्य व्यवस्था चुस्त पार्नमा प्रयोग गर्नुपर्ने सुझाव दिएको छ। कोरोनाकालमा अर्थव्यवस्था मजबुत पार्न केन्द्रीय बैंकहरुले हजारौँ अर्ब डलर वित्तीय बजारमा पठाएको प्रतिवेदनमा उल्लेख छ। ‘तर नतिजा यस्तो देखियो कि अधिकत्तर पैसा अर्बपतिहरुकै खल्तीमा गयो’, प्रतिवेदनमा भनिएको छ। –एजेन्सी

२ बर्ष अगाडि

प्रतिक्रिया