१७४६५ जनाको परीक्षणमा ६ हजार ७३४ जनामा संक्रमण पुष्टि, सक्रिय सक्रमितको संख्या साढे ३० हजार नाघ्यो

२ बर्ष अगाडि

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा ६७३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १७  हजार ४६५ जनामा परीक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा ५४७ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ५९ हजार ४८५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २ हजार ४५५ जना पुगेको छ।

संक्रमितमध्ये हालसम्म ८ लाख १६ हजार ९८५ जना निको हुँदा कुल ११ हजार ६२३ जनाको मृत्यु भएको छ। हाल देशभर ३० हजार ८७७ जना सक्रिय संक्रमित रहेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया