मारुती सुजुकीले गर्‍यो आफ्ना अधिकांश कारको मूल्य बढ्यो,१२ देखि ३० हजारसम्म मूल्य वृद्धि

२ बर्ष अगाडि

काठमाडौं, मारुती सुजुकीले आफ्ना अधिकांश कारको मूल्य बृद्धि गरेको छ । भारतमा मारुती सुजुकीले सबैभन्दा बढी वागन आर मा ३० हजार भारुले बृद्धि गरिएको छ भने सबैभन्दा कम डिजायरमा १० हजार भारुले बृद्धि भएको छ ।

भारतको सबैभन्दा ठूलो र सर्बाधिक बिक्री हुने कार ब्रान्ड सुजुकीले उत्पादन लागत बढेका कारण मूल्य बृद्धि गर्नुपरेको बताएको छ । यो आर्थिक बर्षमा उसले चौथोपटक मूल्य बृद्धि गरेको हो ।

कम्पनीले अल्टो ८०० र एस प्रेसोमा १२ हजार ५ सय, सेलेरियोमा १६ हजार, इग्निस, सियाज र स्विफ्टमा १५ हजार, बोलेनोमा २१ हजार र भिटरा ब्रेजामा १४ हजार भारु बृद्धि गरेको छ । भारतमा मूल्य बढेसंगै नेपालमा समेत यसको प्रत्यक्ष असर पर्ने देखिन्छ । नेपाली बजारमा यसको एउटै कारमा ५० हजारदेखी १ लाख ५० हजार रुपैयाँसम्मले मूल्य बृद्धि हुने अनुमान गर्न सकिन्छ ।

मारुती सुजुकी अघि टोयोटा, फक्सवागन, हुन्डाई, महिन्द्रा, स्कोडा, एमजी र इसुजु लगायत ब्रान्डले आफ्ना कारको मूल्य बृद्धि गरिसकेको छ । अन्य ब्रान्डले समेत केहि दिनभित्रै मूल्य बढाउने तयारी गरिरहेको जनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया