एक बोतल ह्विस्कीका लागि लगभग ६ करोड रुपैयाँ खर्च

२ बर्ष अगाडि

काठमाडौं, एक चिनियाँ यात्रीले एक बोतल ह्विस्कीका लागि लगभग ६ करोड रुपैयाँ खर्च गरेका छन्।

टर्कीको इस्तानबुल विमानस्थलमा 

ती चिनियाँ यात्रीले टर्कीको इस्तानबुल विमानस्थलको ड्युटी फ्री शपमा ४ लाख ८८ हजार डलरमा एक बोलत ह्विस्की किनेका हुन्। त्यो ह्विस्की  जापानमा बनेको दुर्लभ ह्विस्की हो। जुन ५५ वर्ष पुरानो थियो।

ह्विस्की नाम यामाजाकी रहेको छ। 

एयरपोर्ट वर्ल्डका अनुसार उक्त ड्युटी फ्री शपमा गत डिसेम्बरदेखि यामाजाकी ह्विस्की बेच्न राखिएको थियो। ५५ वर्ष पुरानो यो ह्विस्की सिंगल माल्ट ह्विस्की थियो। 

निकै कम मात्रामा रहेका कारण यो ह्विस्की किन्नका लागि ग्राहकलाई बोलकबोल गर्न लगाइएको थियो। जहाँ ती चिनियाँ यात्रुले ७ ग्राहकलाई पछि पार्दै उक्त ह्विस्की खरिद गर्न सफल भए।

यामाजाकी ह्विस्की बनाउने कम्पनी हाउस अफ सुनटोरीले उक्त ह्विस्कीमा चन्दनको बासना आउने जनाएको छ। ह्विस्कीको बोतल पनि जापानको मिजुनारा काठले बनेको बाकसमा राखिएको थियो।  एजेन्सी

२ बर्ष अगाडि

प्रतिक्रिया