फिल्म ‘पुष्पा' को कमाई साढे ३ सय बढी,बलिउडमा मात्र ८० करोड माथि

२ बर्ष अगाडि

काठमाडौं- साउथ फिल्मका सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा : द राइज’ ले हिन्दी डबले भारतीय बक्सअफिसमा आक्रामक कमाई गर्‍यो । हिन्दी भर्सनमा मात्र फिल्मले ८० करोडभन्दा बढीको कमाई गरेको छ । 

डिसेम्बर १७ बाट प्रदर्शनमा आएको यो फिल्मले संसारभर साढे ३ सयभन्दा बढीको कमाई गरेको छ ।  फिल्मले नेपालमा पनि हल बन्द हुनुभन्दा अगाडि आक्रामक कमाई गरिरहेको थियो । यो फिल्मले अल्लू अर्जुनको स्टारडम थप उचाइँमा पुर्‍याएको छ ।

सुकुमार निर्देशित यस फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिकामा छन् 

२ बर्ष अगाडि

प्रतिक्रिया