लगातार उकालो लाग्न थाल्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो पनि प्रतितोला १०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

हिजो मंगलबार प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर आज प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया