भारतमा कुल संक्रमितको संख्या ३ करोड ७९ लाख नाघ्यो, जर्मनीमा एकैदिनमा १ लाख बढीमा संक्रमण पुष्टि

२ बर्ष अगाडि

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप दुई लाख ८२ हजार ९७० जना सङ्क्रमित थपिएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ७९ लाख १ हजार २४१ रहेको अधिकारीहरुले जनाएका छन् । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १८ लाख ३१ हजार रहेको छ । हाल रहेका सक्रिय सङ्क्रमित मध्ये आठ हजार ९६१ जना मात्रै ओमिक्रोनबाट सङ्क्रमित रहेको पाइएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ८८ हजार १५७ जना सङ्क्रमणमुक्त भएका छन् ।भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या तीन करोड ५५ लाख ८३ हजार ३९ पुगेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९३.८८ प्रतिशत रहेको जनाइएको छ ।

पछिल्लो एक दिनमा ४४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या चार लाख ८७ हजार २०२ रहेको छ । कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ७४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ८८ लाख ४७ हजार भन्दा बढी  कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ । 

यस्तै, जर्मनीमा पछिल्लो२४ घण्टामा थप १ लाखभन्दा बढी व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा पछिल्लो २४ घण्टामा १ लाख १२ हजार ३२३ कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।  कोरोना सङ्क्रमणको कारण २३९ जनाको मृत्यु भएको रबर्ट कोच इन्स्टिच्युटले जनाएको छ ।

७० प्रतिशत भन्दा बढीको लागि ओमिक्रोन संस्करण भएको जनाइएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया