तेलको मूल्य सात वर्ष यताकै उच्च,कति पुग्यो ?

२ बर्ष अगाडि

काठमाडौं- तेलको मूल्य सात वर्ष यताकै उच्च स्तरमा पुगेको छ । यो मूल्य अक्टोबर २०१४ पछिको सबैभन्दा धेरै हो ।

तेलको मूल्यकालागि अन्तरराष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुड बुधबार १.०९ प्रतिशतले वृद्धि भएर प्रति बेरल ८८.४६ डलर पुगेको छ । मंगलबार करिब १ प्रतिशतले बढेर प्रतिबेरल ८७.२२ डलर पुगेको थियो ।

तेलको मूल्य बढ्नुको कारण कोरोना महामारीबाट द्रुर्त रुपमा विश्वको आर्थिक पुनरुत्थान हुने आशामा आएको कमीका कारण भएको पनि मानिएको छ । जसकारण जिवाश्म इन्धनको माग बढ्नेछ ।

तेलको धनी राज्यमा भएको आक्रमणका कारण माग बढ्ने अपेक्षासँगै मूल्य बढेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया