विभिन्न ७ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीहरु कालो सूचीमा, कुन कुन ?

२ बर्ष अगाडि

काठमाडौं, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज माघ ६ गतेदेखि लागू हुने गरी विभिन्न ७ वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीहरुलाई कालो सूचीमा राखेको छ। 

कालो सूचीमा पर्ने कम्पनीहरुमा गजराज बालन योगीको बालन बद्रर्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्स्ट्रक्सन, विज्ञानकुमार अर्यालको डाइग्नेकेम–जय शम्भु जेभी र निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि रहेका छन्। 

त्यस्तै चेतबहादुर बुढाको एसएनसी निर्माण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निर्माण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्स्ट्रक्सन प्रालिलाई कार्यालयले कालो सूचीमा राखेको छ। 

यीमध्ये आरोग्य कन्स्ट्रक्सनलाई ३ वर्ष, डाइग्नोकेमलाई २ वर्ष र अन्य कम्पनीहरुलाई १ वर्षका लागि कालो सूचीमा राखिएको छ। 

कालो सूचीमा राखिएका कम्पनीहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने कार्यालयले जनाएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया