बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुदैँछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं, बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । 

हिजो बुधबार प्रतितोला ९२ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा १००० रुपैंयाले बढेर प्रतितोला ९३ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य ९३ हजार २०० रुपैंया पुगेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैंयाले बढेर प्रतितोलाको मूल्य १ हजार ३१५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितालो १ हजार २८५ रहेको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया