प्रदेश १ : पछिल्लो २४ घण्टामा १०६० मा कोरोना पुष्टि हुँदा ४८ संक्रमणमुक्त, आईसीयूमा कति ?

२ बर्ष अगाडि

काठमाडौं - प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयको कोभिड–१९ दैनिक प्रतिवेदनअनुसार १ हजार ३ सय ९७ जनाको पीसीआर गर्दा ८ सय ४५ (६०.४९ प्रतिशत) र ५ सय ६७ को एन्टिजेन जाँच हुँदा २ सय १५ (३७.९२ प्रतिशत) संक्रमित देखिएका छन् । 

मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने पनि बढेका छन् । आज ४८ जना संक्रमणमुक्त भएका छन् । प्रदेशका विभिन्न अस्पतालको जेनेरल बेडमा ३, आईसीयूमा २६, भेन्टिलेटरमा ७ र एचडीयूमा ४६ गरी ८२ जनाको उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

होम आइसोलेसनमा संक्रमितको संख्या दिनहुँ बढ्दो छ । होम आइसोलेसनमा ४ हजार ४ सय ४० संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया