काठमाडौं -नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७ करोड २९ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
धितोपत्र बजारबाट हुने आम्दानी साढे तीन गुणाले बढेसँगै बोर्डको आम्दानी अघिल्लो आव २०७६/७७ को तुलनामा १७५ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बोर्डले ३८ करोड ९६ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
गत आवमा बोर्डले धितोपत्र बजारबाट ९८ करोड ८५ लाख र अन्य आम्दानीबाट ८ करोड ४४ लाख रुपैयाँ गरी कुल १ अर्ब ७ करोड आम्दानी गरेको छ । अघिल्लो आव २०७६/७७ मा कम्पनीले धितोपत्र बजारबाट २८ करोड १७ लाख र अन्य आम्दानीबाट १० करोड ७९ लाख रुपैयाँ गरी कुल ३८ करोड ९६ लाख रूपैयाँ आम्दानी गरेको थियो ।
गत आव २०७७/७८ मा बोर्डले २२ कम्पनीलाई १५ अर्ब १८ करोड ६४ लाख रुपैयाँ आईपीओ, ७ कम्पनीलाई १४ अर्ब ४ करोड ९७ लाख रुपैयाँ बराबरको हकप्रद, २३ कम्पनीलाई ६९ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र, ९ कम्पनीलाई ९ अर्ब ९० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।
यसअघि अघिल्लो आव २०७६।७७ मा भने बोर्डले ९ कम्पनीलाई ३ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ आईपीओ, ११ कम्पनीलाई ४ अर्ब ४१ करोड २ लाख रुपैयाँ बराबरको हकप्रद, १२ कम्पनीलाई २३ अर्ब ४५ करोड रुपैयाँको ऋणपत्र, २ कम्पनीलाई १ अर्ब ८० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति दिएको थियो ।
सेयर बजारमा आएको बुलसँगै सेयर जारी गर्ने कम्पनीहरुको संख्यामा वृद्धि हुँदा बोर्डको आम्दानीमा समेत उल्लेख्य सुधार भएको हो । आर्थिक वर्ष २०७७/७८ मा बोर्डको खुद नाफा ६८ करोड ७० लाख ३७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आव २०७६/७७ मा १६ करोड ६९ लाख ७० हजार रहेको बोर्डको नाफा ५२ करोड अर्थात ३११.४७ प्रतिशतले बढेको हो ।
बोर्डको कुल सम्पत्ति २ अर्ब ६ करोड ४३ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ अर्ब ३८ करोड ९ लाख ८९ हजार रहेकोमा एक वर्ष अवधिमा ६८ करोड ३३ लाखले बढेको छ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।