नक्कली नोट कारोबारमा संलग्न दुई जना पक्राउ, एक हजारका १० थान नोट र मोबाइलसहित ल्यापटप बरामद

२ बर्ष अगाडि

नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३  बस्ने खैरहनी नगरपालिका–३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ रहेका छन् ।  

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन् । घतानीबाट १० थान रु एक हजारका नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरिएको थियो । 

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्दासम्बन्धी कसूर ९खोटा मुद्रा० मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको  म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ ।

पक्राउ परेकाबाट नक्कली रु एक हजारका १० थान नोट, एक–एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया