हिजो हजारले बढेको सुनको मूल्य आज फेरी बढ्यो, तोलाको कति ?

२ बर्ष अगाडि

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो विहिबार प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो पनि प्रतितोला एक हजार रुपैयाँले बढेको थियो । 

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  

हिजो विहिबार प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया